नेपाली (Nepali)

Information

सबै विस्तार गर्नुहोस् | सबै संक्षिप्त गर्नुहोस्

हंग कंग प्रहरी बलको वेबसाइटमा स्वागत छ।

जनतालाई हाम्रो संस्थाको बारेमा थाहा दिलाउन र यहाँ समुदायको सम्पूर्ण क्षेत्रहरूमा हामीले प्रदान गर्ने सेवाहरूको बारेमा जानकारी उपलब्ध गराउन यो वेबसाइट डिजाइन गरिएको हो। राष्ट्रिय सुरक्षाका निम्ति र अपराध विरुद्ध लड्न जनताको समर्थन सूचीबद्ध गर्न पनि वेबसाइट प्रयासरत छ।

हाम्रो परिकल्पना हंग कंगलाई विश्वको सबैभन्दा सुरक्षित र सबैभन्दा स्थिर समाजको रूपमा कायम राख्नु रहेको छ। यस द्रुत-परिवर्तनशील संसारमा देखा परेका नयाँ अपराध प्रवृत्ति, विश्वव्यापी आतंकवादको खतरा र अभूतपूर्व प्रकोपहरू विश्वव्यापी प्रसङ्गमा सान्दर्भिक छन्। र यस प्रयत्नमा सबैको संयुक्त प्रयास संलग्न रहेको हुनुपर्दछ। तपाईंको समर्थनले, बाँकी समुदायले जस्तै, हामीलाई हाम्रो प्रिय शहरको सुरक्षा र स्थिरता कायम राख्न बलियो टेवा प्रदान गर्दछ, जसले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

धन्यवाद।

सिउ चक-यी
प्रहरी आयुक्त


परिकल्पना

कि हंग कंग संसारको सबैभन्दा सुरक्षित र सबैभन्दा स्थिर समाजको रुपमा कायम रहोस्

हाम्रो साझा उद्देश्य

हंग कंग प्रहरी बलले सुरक्षित र स्थिर समाज सुनिश्चित गर्नेछ:

  • विधिको शासन कायम राखेर
  • कानून र व्यवस्था कायम राखेर
  • अपराध रोकथाम र पत्ता लगाएर
  • जीवन र जनधनको सुरक्षा र संरक्षण गरेर
  • समुदाय र अन्य एजेन्सीहरूसँग साझेदारीमा काम गरेर
  • हामीले गर्ने सम्पूर्ण कार्यमा उत्कृष्टताको लागि प्रयास गरेर
  • बलप्रति जनताको विश्वास कायम राखेर

हाम्रो मूल्यहरु

  • निष्ठा र इमानदारी
  • जनता र बलको अधिकारको सम्मान
  • हाम्रा सबै व्यवहारहरूमा निष्पक्षता, न्याय संगत र करुणा
  • जिम्मेवारी र उत्तरदायित्वको स्वीकृति
  • व्यावसायिकता
  • गुणस्तरीय सेवा र निरन्तर सुधारको लागि समर्पण
  • परिवर्तनको लागि प्रतिक्रियाशीलता
  • बल भित्र र बाहिर प्रभावकारी संचार

हंग कंग तथ्य पृष्ठ – प्रहरी

टेलिफोन फ्याक्स
आपतकालीन कल 999
घोटाला विरोध हेल्पलाइन 18222
प्रहरी लागु औषध रिपोर्टिङ हटलाइन 2527 1234
व्यावसायिक र प्रविधि अपराध हटलाइन 2860 5012
संगठित अपराध र गिरोह हटलाइन 2527 7887
केन्द्रीय ट्राफिक अभियोजन विभाग हटलाइन 2866 6552
कुनै आपराधिक दोषसिद्घि नभएको प्रमाणपत्र सम्बन्धी कार्यालय 2396 5351
यौन दोषसिद्घि रेकर्ड जाँच हटलाइन 3660 7499
इजाजतपत्र मामिलाहरू 2860 2973
भर्ती हटलाइन 2860 2860
प्रहरी कार्यालय विरुद्ध उजुरी हटलाइन 2866 7700 2200 4460
2200 4461
प्रहरी हटलाइन 2527 7177
जापानी पर्यटक हटलाइन 2529 0000
992 SMS आकस्मिक हटलाइन बोली/श्रवण कमजोरी भएकाहरूको लागि (दर्ता भएका प्रयोगकर्ताहरूको लागि मात्र)(अंग्रेजी मात्र)

राष्ट्रिय सुरक्षा विभाग रिपोर्टिङ हटलाइन

आतंकवाद विरुद्ध (CT) खबर दिने हटलाइन

  • विचाट आइ डी: CT-hotline
  • एस एम एस: +852 63-666-999
  • इमेल: ctinfo@police.gov.hk